Sunday, November 6, 2016

Duties at a Store: Thoughts on Mind

Duties at a Store: Thoughts on Mind
I am to stand and wait for customers
Observing the items arranging the boosters
Saying hello and how are you today
Giving thanks and wishing to have a good day
Scan the barcodes of items as fast as possible
Bagging goods, and changing money as per rule
Beautiful young ladies come to ask for mild cigars
Psychologically decreases their prettiness as I ask ID cards
Insert bills, dispense coins, and check refills
Ok, thank you, I give quarters for airing wheels
Check pump prepaid and print receipt
I am thankful being busy in my shift
I count hours for wages if and when I close the shift
Selling liquors, ices, drinks and gifts
In the road of my life there are no signals and lifts
I have to face blind spots and risky rifts
It seems not good lying down only on the bucket seat
I can work for livelihood and eating sweet
I am to learn new things and forget the past
That I have not used, my knowledge is lost
Life is to work and work is to worship
I am to feel good though have to face hardship
I am to stand to greet and see you
I have to wait to review your view
I am wishing you to be good and kind

Being at a store and bearing thoughts on mind

Virginia : A state of cigar and alcoholic beverage

Virginia in ancient and in this age
A state of cigar and alcoholic beverage
When I attain the age of eight plus ten
I am to purchase cigarette Winston
As I grow up twenty one
I demand too much alcohol and wine
This is my Virginia Commonwealth state
Rich and fertile having ocean gate
I am born here to drink, not a joke
You are born here freely to smoke
I am to sleep with colored liquor
You are to get up with lovely cigar
Drinking liquor we love more and more
This is not to question why
Answer is to tobacco dry
Here we cultivate good harvest
Tobacco is found east and west
Feelings are flown with smoke

Smoke is blown by air stroke
Drivers are allowed to smoke inside the car
Observers are allowed to smoke in the fair
Elders purchase for younger brothers
Virginia is loved by smoke lovers

Tuesday, July 26, 2016

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।

यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
यो वर्षा मनको पैरो गयो बिघ्न असारमै ।
सिमाना भत्किए बाँध मनोदेश विचारमै ।।
मनको राज्यमा त्यस्तै आयो विश्वास संकट ।
उर्लेर भावका अश्रु कपोल ओध्रिए तट ।।
विचार बोकने यैाटा जीर्ण यो देह पार्थिव ।
सिमाना राज्यका काटी उडी पातालमा अब ।।
उता हिमाल झल्किन्छ, भानु अस्त  यता हुँदा ।
सूर्यमुखी यता फुल्छ, उता मुन्टो बटारदा ।।
यस्तो यो मनको देश नेपाल रम्य सुन्दरी ।
भन्छन् भूगोल हाम्रो यो खगोल दिलको परी ।।
पिर्का नेपालको सारी अमेरिका बसे पनि ।
उही घन्टी बजिहाल्छ भान्सा भित्र पसे पनि ।।
ए कान्छा कहिले आईस्? पधेंरो, बाटो, आँगन ।
निहुँमा भेटघाट हुन्थ्यो, दिन क्यै, अनि मागन ।।
हेलो ! बाहेक यता बोल्ने को छ? वल्तिर पल्तिर ।
महिनैां परिचित हुन्नैां बस्छैां आकाश मन्तिर ।।
सभ्यता, नव सँस्कृति भित्र रम्न सिकिन्छ नै ।
सिर्जना भित्रका मान्छे, मान्छेको भाव हुन्छ नै ।।
सिमाना मनको छैन विश्व मानवको कथा ।
यैाटा मानवले बुझ्छ भूगोल भित्रको व्यथा ।।
उता छन् गोठका पाडी नोटका गाडी छन् यहाँ ।
धूँवा, धूलो उता खप्ने, यता स्वच्छ जहाँ तहाँ  ।।
तान्ने वस्तु यता धेरै, घच्याट्ने छन् सबै उता ।
बुद्ध राख्ने उता मन छ, ज्यान भन्छ बसैां यता ।।
खालि विचारका बाँध मनको पैरो रोकने ।
आशावादी बनी यैाटा मन विश्वास बोकने ।।
बोकी मानवता भित्रै, छाडी भूगोलको सिमा ।
गरी निर्वाहका काम बिताउँ दिन व्यस्तमा ।।

Remembering Nigara Falls

"नायगरा फल्स संझिदै"
योजना पारिवारिक आफ्नै यैाटा समूहमा ।
अवलोकनको लागि गरेर एक तर्जुमा ।।
बिहान आठ बज्दैमा जुलाई पाँच, सोह्रमा  ।
हुर्रियैां नायगरा फल्स हेरने बोकी तिर्सना ।।
पोका खोली चमेनाले पेट टम्म भरे पनि  ।
बाटोको दृश्यको भोक रहने भो मरे पनि  ।।
गाडीको गतिले यस्तै आँखामा दृश्य घुम्दछ  ।
बान्ता गरेर नातिनी रुँदा पो मन दुख्दछ  ।।
पुगी नायगरा फल्स क्यानडाको सिमा सँगै  ।
क्या विधि मान्छेको भीड हेर्न टिकट समाउँदै  ।।
प्लाष्टिकका खोल पैह्रेर डुंगामा घुमी हेरियो  ।
लिफ्टमा उक्लने झर्ने भीड उस्तै रही रह्यो ।।
छाँगा परी खसेको छ दुईतिर विभाजित ।
अनैाठो देखिने दृश्य आफैंमा अति रन्जित  ।।
बगी नसिद्धिने कैले हेरी अतृप्त यो मन ।
नायगरा फल्सको के पो सकिन्छ गरी वर्णन  ।।
पानी ता उही हो बग्ने जमिन पो पहरा बन्यो ।
प्रकृति रचना यस्तो पानीको छहरा बन्यो  ।।
यही दृश्य अहो कस्तो संसारै हेर्न आउने ।
समुद्र ताल हेरे नि यो नदेखी कहाँ हुने  ।।
मनमा झरना बोकी गन्तव्य छाडी फर्कियो ।
बाटोमा बाल्टीमु्र झर्दा समय धन्न घर्कियो  ।।
के गर्ने? हुँईंकियैां फेरि साँझमा घर पुगदै ।
यिनै हरफ लेख्दैछु नायगरा फल्स सम्झिदै  ।।

Thursday, February 18, 2016

श्रद्धाञ्जली

श्रद्धाञ्जली दिंदै आज
उनन्तिस सालदेखिका साथी हुन् ऋषिराम ता ।
ध‍.म‌‍. कलेज बागलुङमा सँगसँगै पढ्दथें म ता ।।
अति मिल्ने थिए साथी खान्थें सुत्थे‌ घरै गई ।
प्रेम केसी थिए अर्का भुल्दथ्यैां उन्कहा गई ।।
आईए पछि सबै जाँच प्राइवेटको रुपमा दियैां ।
शिक्षक नै छाडेको मैले अधिवक्ता सँगै लियैां ।।
छिमेकी बोलने देख्ने छतैबाट घरैतिर ।
म आएँ काठमाण्डैांमा राम्‍रेखा बेचियो घर ।।
किरिया मेरी आमाको सकेर फर्कंदा यता ।
संझदा मन यो रुन्छ भेट अन्तिम संझिदा ।।
बरखी तिथि हो आज गीताको बोली संझिएँ ।
श्रद्धाञ्जली दिंदै आज म रुञ्चे कवि बन्दिएँ ।।
डा‌. प्रेम शर्मा-२०७२।११।६ (Feb. 18, 2016)
www.articleprem.blogspot.com
www.notaryprem.wordpress.com

Sunday, October 25, 2015

प्रकारान्त कथा संग्रहमा प्रेम छोटाको कथा शिल्प



डा. प्रेमप्रसाद शर्मा पाैडेल
१. प्रसंग
धवलागिरिका वरिष्ठ साहित्यकार प्राज्ञ प्रेम छोटा दाजुको ७० वर्षपूरा गरेको पावन अवसरमा  रत्नश्रेष्ठ पुरस्कार गुठी र शैक्षिक अनुसन्धान तथा विकास केन्द्र, बागलुङको सहप्रकाशनमा ''प्रेम छोटाका ७० वसन्त -कृति कृतित्व-व्यक्ति व्यक्तित्व)'' शीर्षकको खोजमूलक ग्रन्थ प्रकाशन गर्न लागिएकोले प्रकाशनका लागि रचना पर्ठाई दिने बारेको इमेल धेरै अगाडिनै प्राप्त भएको थियो । प्रस्तुत शीर्षक मध्ये छानेर अलि राम्ररी अनुसन्धान गरी लेख्नु पर्ला भन्दा भन्दै समय बितेछ । प्रेम छोटाज्यू संगको मेरो २०३२।३३ साल देखिकै चिनाजानी थियो । वहाँसंग भेट हुँदा प्रकाशित कृतिहरु दिने गर्नु हुन्थ्यो । वहाँले दिएको प्रकारान्त कथा मसंग हुनु पर्छ भनी खोजें । भेटाएँ पनि । यो कथाको किताब वहाँले मलाई २०४२ साल पौष ५ गते दिनु भएको रहेछ । मैले किताबमा पाउँदा वा किन्दाको समयमा सही र मिति लेख्ने हुनाले मलाई वहाँसंग त्यो दिन भेट भएको रहेछु भन्ने थाहा भयो । त्यही प्रकारान्त कथा हेरी के के रहेछ छोटा दाजुको बारेमा छोटो कुरा लेख्ने जमर्को गरेको छु । यो प्रकारान्त कथा २०४२ आषाढमा प्रकाशित भएको कथा संग्रह हो । यसमा अल्झिएका आकृतिहरु भन्ने कथा त २०२८ सालमा लेखिएको कथा छ । आज भन्दा ३०।४० वर्षअगाडिका कथाहरु भएकोले सामाजिक परिवेश पनि त्यही अनुसारको हुने कुरा त निश्चित नै भयो । प्रकारान्त कथामा २० वटा कथाहरुमा एउटा तीन लघुकथाहरु भित्र तीन शीर्षकका लघुकथाहरु समावेश छन् । छोटाज्यूको कथाकारिताबारे भन्नु भन्दा पहिले विश्लेषणात्मक रुपमा नभई सोझोरुपमा कथामा के कस्ता विषयवस्तुहरुलाई समेटिएको छ सो बारे संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
२. संक्षेपमा कथा र यिनका विषयबस्तुहरु 
प्रकारान्तको पहिलो कथा "रात सिद्धिसकेको रहेछ"मा रमलीले आफ्नो परिवारमा आफ्नो इच्छा विपरीत पर्ढाई पूरा नहुँदै दाजुले विवाह गरिदिन खोज्दा नमानेर आन्दोलन गरेकी छन् । उनले आफ्नो भविष्य माथि अधिकार छ, दिदीहरुको विवाह वहाँहरुको इच्छाअनुसार नभई परिवारको इच्छा अनुसार भएकोले उनी आफ्नो विवाह आफ्नो इच्छा अनुसार गर्न चाहन्छिन् । उनी छिटै विवाह नगरेर उच्च शिक्षा पनि प्राप्त गर्छिन् । आफूले रोजेको व्यक्तिसंग विवाह गर्ने सुन्दर सपनामा उनको रात सिद्धिसकेको हुन्छ । पारिवरिक व्यवस्थापनमा विवाह हुनु नराम्रो होईन, छोरीहरुलाई उच्च शिक्षाको अवसर दिई आफन्तहरुले विवाहको उमेर भएपछि सर्म्पर्कमा भएका व्यक्तिहरुबाट केटाहरु देखाउनु र केटाकेटीकोर् इच्छा अनुसार विवाह हुनु राम्रो कुरा हो । तर सामाजिक मान, प्रतिष्ठा र अन्य आर्थिक सामाजिक बन्धन तथा बाध्यताका कारण छोरी चेलीलाई केटाको बारेमा अत्तोपत्तो नदिई एक्कासी विवाह छिन्ने प्रचलन अझै पनि कुनै कुनै समाजमा विद्यमाननै छ । यो कथाले नारीहरुमा सचेतना भरी जागरण पैदा गराउनमा सफल छ । "चर्किएको घाउ" कथामा शैलजा आफ्नो वेरामी लोग्ने किश्वरको सेवा सुश्रुषामा लागेकी छन् । किश्वरको एउटा हर नचल्ने भएको छ । डाक्टर सत्याललाई घरमा जाँच्न बोलाईन्छ । डाक्टरले नीको हुने आश्वासन दिन्छन् । समाजमा रोग असाध्य भए पछि मात्र डाक्टरकहाँ लाने चलनलाई प्रकाश पारिएको छ । शैलजाले डाक्टरको फी त बुझाउँछिन् तर नीको हुने कहिले? परिवारको कमाई गर्ने को ?यस्तो अवस्था भएछि चारो खोज्ने कसले ? यी समस्याले उनको घाउ चर्किएको कुरा कथामा प्रस्तुत गरिएको छ । 
"म भित्र म बाहिर" कथामा कमल क्षत्री र दलित छोइने कान्ती नामकी केटी बीच प्रेम बस्छ । कमलले भरपर्दो र आशलाग्दो बचन दिएका हुन्छन् । कान्तीले इन्कार गर्न सक्तिनन् । पहिले कमल क्षत्रीले लिएर जान्छु भन्दा जान मान्दिनन्, पछि कमल क्षत्री गएको र्फकदैनन् । कान्तीको कुरा रकम लिन लगाएर काईंलालाई मञ्जूरहुन लगाई डाँडाघरे कान्छाले मिलाउन खोजेको कुरा पनि कान्तीले थाहा पाउँछिन् । पहिलेका आँट हराउँछन् । वरिपरि मडारिएको कालो बादलले ढाक्छ अनि नौ महिना सात दिनमा जन्माएको छोरालाई निर्ममताका साथ छुराले रेट्न लगाई हत्या गरिएको भनिएको छ । लेखाईको भाषाले अरुलाई रेट्न लगाएको बुझिन्छ तर आफैले 
छोराको हत्यारा हुँ भनेकी छन् । कथामा मसिनी र्सर्किनीले खुकुरीले टाउकोमा हिर्काउने लोग्नेलाई म कराउँदा सोरै नपाएर  हानेका हुन् मार्न खोजेका होइनन् भनी लाग्नेलाई छुटाएको कुरा, कान्तीको घरमा आर्थिक अवस्था कमजोर भएको कुरा, भाइ बहिनीले पढ्न नसकेको, कसैले आफ्नो स्वास्नीलाई बञ्चरोले हानेर मारे भन्दै गएको कुराहरुका साथै कान्ती भित्र उब्जेका सामाजिक घटनाहरुका परिस्थितिहरु र त्यसबाट उब्जेका उकुस मुकुसहरुलाई कथाकारले पोख्नुभएको छ । कान्तीलाई पाठकले समाजमा क्रान्ति गरी उभिन सक्ने बनाईदिएको भए हुन्थ्यो भन्ने चाहेर पनि उभ्याउन नसकी अपराधी बनाउनु सामाजिक यथार्थता नै हो । कान्तीले यहाँ - मैले संसारलाई हर्ेर्ने आँखा चिम्लें र मेरो बच्चालाई मात्र हर्ेन सकें, समाजबाट जे जस्तो कलंक लागे पनि मेरो बच्चाको लागि बाँच्नु पर्छ, मेरो बच्चालाई नयाँ शिक्षा र बुद्धि दिएर समज रुपान्तरणको बाहक मेरो छोरा बनाउनु पर्छ भनी कान्तीलाई उभ्याउने हिम्मत साँच्चै कथाकारमा आएन । सामाजिक मनोविज्ञानले कसरी काम गरेको हुन्छ र कान्तीले जन्माएको छोरालाई किन मारिन् सो देखाईएको छ । कान्तीले बच्चा पालेको भए कानूनले अपराधी मान्दैनथ्यो । उनले आफूलाई सामाजिक अपराधीको रुपमा संझिन् र कानूनको पनि अपराधी बनिन् ।

"मृत्यु पछिको सगुन" कथामा एउटी महिला प्रेमविवाह गरी गरीब लोग्नेको घरमा आउँछिन् । श्रीमानको पर्ढाई प्रवेशिका पास पनि नभएकोले केही नोकरी नभएको, फुपू सासूको सहयोगको पनि कुरा मात्रै भएको, घरमा फुस्रे मसानको आवाज जस्तो मात्र सुनेको, जागीर पनि पाउन नसकेकेा आदि बाट आर्थिक अभावकै कारण गर्भवती अवस्थामा कालीगण्डकीको पुलबाट आत्महत्या गरेकेा र मृत्यु पछि आफ्नो स्वामीसंग अर्को जूनीमा सगुन सहित भेट्ने कुरा सहित कथा टुंगिएको छ । यो मनोविश्लेषणमा आधारित कथा छ । महिला पात्रको मानसिक गन्थनलाई कथाको रुप दिइएको छ । यसमा समाजमा काम सिर्जना गरी जीविकोपार्जन गर्ने तर्फपहल नगरी गरीब र दुःखी भएर बाँच्नु र्व्यर्थ ठानी पलायन भएको कुरा देखाईएको छ । यसबाट समाजमा हुने यस्ता गरीबी र यसबाट उत्पन्न हुने अपराधलाई कसरी निराकरण गर्न सकिन्छ कथाकारले समस्या मात्र दिएकोले समाजले यसको उपाय खोज्नु आवश्यक देखिन्छ । 

"सम्बद्धता" कथामा तीन जोडी परेवा पालेकी जुनेलीले परेवाको जोडीबाट प्रणयको कथा सिकेकि छन् । परेवाको स्याहार सुसारमा बिहान र साँझ बित्छ । लिलासंग प्रेम गर्छिन् । लिलालाई घरबाट आमा बाबुले केटीको टुंगो लगाई विवाहको लागि रजिष्ट्रीपत्र पठाएका हुन्छन् । लिलाले सबै कुरा बताउँछन् । लिला सात दिनको विदा लिएर घर जान्छन् । बाबु सिद्धिमान र आमा सत्य देवीको खुशीको सिमा रहन्न । तर लिलाले आफ्नो इच्छा लागेको केटी जुनेलीसंग विवाह गर्न चाहन्छन् । बाबु आमा जात बाहिरका गर्न दिन चाहन्नन् । लिला थापा र जुनेली नेवार हुन् । लिला घरबाट र्फकन्छन् र जुनेलीसंग विवाह गर्छन् । स्वयंवर भैसकेकेा खवर लिलाको घरमा पुग्छ । लिलाकी आमा रुन्छिन् । यहाँ कथाकारले अन्तरजातीय विवाहलाई कथामा सफल गराउनु भएको छ ।

"वरण"कथामा रमितालाई विमलले चाहेका हुन्छन् । विमलले रमिताको दिदी मार्फ रमितालाई मनाउन लगाएको वा दिदी आफू नभइ रमितालाई सुम्पन चाहेको बुझिन्छ । रमितालाई मनाउन दिदीले विभिन्न प्रयास गर्छिन् । उनले रमिताले विमललाई चाहेको मनोविज्ञान बुझेको प्रतीत हुन्छ । रमिताको स्वीकृति हुन्छ वा हुन्न यत्तिकैमा कथा टुंगिन्छ । यस्तै "आँखी झयाल" कथामा कमलीले श्यामदाइ प्रतिको प्रेमले साकार रुप लिन पाउन्नन् । कमलीको मन भित्रका शंका उपशंका र मनोवादमानै कथा घुमेको छ । अन्य कथाहरुमा "हीनताबोध" कथामा समाजमा पाइने सौतेनी आमाको व्यवहारलाई प्रस्तुत गरिएको छ । मनबहादुर सात महिनाको हुँदा आगोमा परी हातका औंला गुमाएको, नौ वर्षो हुँदा आमा रुखबाट खसेर मृत्यु भएको, उनी सहित भाइ, बहिनी टुहुरा बनेका छन् । मनोविज्ञान नबुझेकी सानी आमाले आमा भन्नु पर्दैन भन्दा मनबहादुर रुन्छन् । सौतेनी आमाले गर्ने व्यवहार परिवारमा देखिन्छ । सानीआमाले विटुलीसंग छ औंले -मनबहादुर)ले सताएको छ भनी कुरा गरेको सुन्दा मुटु छिया छिया पर्छ । उनी भारतको लोखारमा गई काम खोजी बजार रेखदेखको रातिको काम गर्छन् । उनले केही पढ्न पनि सिक्छन् । अरुको चिठी लेखिदिने काम पनि गर्छन् । बाबुलाई पाँचसय रुपैयाँ घरमा पर्ठाईदिन्छन् । बाबु रुन्छन् । भाइ लिन जान्छन् र उसलाई लिएर आउँछन् । यो बागलुङ बलेवा मुसुरावारीको घटना भनी उल्लेख गरिएको छ । त्यसै गरी "माटोका ममता" कथामा लाहुरबाट पैसा कमाई ल्याउनेहरुलाई दखेर नयाँ उमेरका ठिटाहरु लोभिन्छन् । दिले थापा पल्टनका लाहुरेका कुराले आकषिर्त हुन्छन् । उनी विदेश जान्छन् । पल्टनमा समय बिताउँछन् । लर्डाईंमा बाँच्ने मौका पाउँछन् ।  स्वदेशमा र्फकने र केही गर्ने प्रण गर्छन् र स्वदेशमानै रमाउँछन् । कथाकारले दिले थापा मार्फ आदर्शता प्रस्तुत गर्नु भएको छ । पल्टन छाड्नु पर्ने कारणहरु अरु पनि हुन सकछन् । कथामा देशको सेवागर्न प्रेरणा दिनु पनि महानता हो ।

"प्रतिकार" कथामा चुले हलीले बाबु बाजेले काम गरेको घरमा निरन्तरता दिई काम गर्छन्, उनी ३९ वर्षा छन् । घर सल्ले फर्ुकामा छ, फुसको घर, छाना चुहिने, पाँचवटी छोरी, दर्ुइवटा छोरा र स्वास्नी नैना गरी नौ जनाको परिवार छ । आधापेट खान पनि मुस्किल छ । जोतेको खर्च पनि मालिक्नीले पूरा दिन्न्नन् । पैसा चाहिंदा ताउली, थाल समेत राखेर साहुकहाँबाट पैसा लिएका थिए । चुलेले नन्दराज कहाँ छाडेर बजार पस्छन् । त्यहाँ हिरामानकहाँ हलो जोत्न थाल्छन् । उता नन्दराजले आफ्नो पैसा सल्लेफुर्काको खेतबाट असुल्न नालिस दिन्छन् । तमसुकमा रकम बढाएर सही गराएका हुन्छन् । खेत लिलाम बिक्री हुन्छ । चुले अर्धपागल बनी लठ्ठी लिएर सल्लेफुर्काको खेततिर उक्लन्छन् । रीसको झोकमा ६३ वर्षो नन्दराजलाई घुँडा टेक्ने गरी ठोक्छन् र सासै फुत्किने गरी लठ्ठी उठाउँदैमा कथा टुंगिन्छ । 

"स्निग्ध अनुहार" कथामा माझरी विवाह पछि लोग्ने छोडी माइत बसेकी हुन्छिन् । तर उनी माइतमा यसरी बसिरहनु उपयुक्त ठान्दिनन् र निस्कन्छिन् । एक पुरुष श्याम जसकी स्वास्नी मरेकी हुन्छिन् सो व्यक्तिसंग घेट हुन्छ  । माझरी आफ्नो घरबार जमाई बस्नर्ेर् इच्छा र  अभिलाषामानै आफ्नो सुखद भविष्य देख्न पुग्छिन् । यस्तै "गुञ्जन" कथामा दाउरेकान्छा देश छोडेर विदेश जान्छन् । र्फकदा अरुको चिनी, मसला नासो ल्याउँछन् । बाटोमा भट्टीमा बास बस्छन्, विदेशमा केटीहरु बेचिएको संझन्छन् । भट्टीमा आङ तात्ने औषधि र भित्राँस टक्राईन्छ । लाजकाज उनले लिन्छन् । खाएर सुते पछि आमाको अनुहार संझन्छन्, श्रीमति पवित्राले आँशु झारेको संझन्छन् । उनले विदेश आउनु भन्दा स्वदेशमानै कामगर्ने, श्रीमति पवित्रासंग नयाँ कुराको सिर्जना गर्ने कुरा सोच्दै निदाउँछन् ।  "मैले हत्या गर्दैछु" कथामा मानसिंह गरीब छन्, उनले रक्सी पिउने गर्छन् । एक रात रक्सी पिएर खै खुकुरी कहाँ छ- कहाँ छ खुँडा- बाँकी राख्दिन भन्दै हल्ला गर्छन् । छोराले यस्तो नगर्न भन्छन् । छोरालाई पनि मलाई कुरेर नबस, म नांगो भैसकेकेा छु भनेर चिच्याउँछन् । छिमेकी नीलप्रसादले प्रहरी आएर लगे झन दुःख खानु पर्छ भनी संझाउँछन् । नीलप्रसादलाई उसले आफ्नो सबै कथा सुनाउँछन् - पहिले उनको पिता जगत हैकिमदार थिए । अहिले गरीब छन्, उनसंग केही छैन, बहिनी पोईल गईन्, भाइहरुले रीस गर्छन् । विवाह गरेको १८ वर्षपुगेकेा छ, श्रीमतिले मीठो खान, लाउन पाएकी छैनन् । उनी रोगी छन्, छोरी सुखमुखीको अकालमा मृत्यु भएको छ । रक्सी पिएर के के भने चाल पाईन, पीर मेटाउन रक्सी पिउँछु, यसले आनन्द मिल्छ, यसरी आयु घटाएको छु भन्ने गन्थन सुनाउँदै कथा अन्त हुन्छ । त्यस्तै "उघ्रिदैं गएको कालो बादल" कथामा माधुरी नौ वर्षी हुँदा उसका पिता चन्द्रवीरले उमेर गएको डर््राईभरसंग पैसा लिएर विवाह गरिदिन्छ्न् । यो कुरा स्वास्थ्य सेवामा खटिएको गोपाल र आफ्नै घरमा लुगा सिलाउन बोलाएको बिर्खे दमाईलाई पनि चित्त बुझेको हुन्न । माधुरी माइतमा नै बस्छिन् । गाडी दर्ुघटना भई चालक शर्मा मरेको खबर आउँछ । माधुरी विधवा बन्छिन् । सेतो वस्त्र पैरे पछि माधुरीलाई काकाको घरमा लगिन्छ । काका काकीकहाँ रहरलाग्दो किसिमले काम गरेर बस्छिन् । माधुरी वनमा घाँस लिन जान्छिन्  । बिर्खेको छोरा सुलसुलेसंग भेट हुन्छ । सुख दुःख साटिन्छन् । सुलसुलेले घाँस काट्न बोक्न सहयोग गर्छन् । माधुरीको काकाले सुलसुलेको बारेमा थाहा पाई यस्तो काममा नलाग्न सल्लाह दिन्छन् । ढीलो आउँदा काका कर्ुलन्छन् । माधुरी घरबाट र समाजबाट बहिष्कृत हुन्छिन् । उनी गाउँ छोडेर जाँदा खुइटे दमाइले देख्छन् । सुलसुलेलाई थाहा भएपछि उनले सिठीले बोलाई माधुरीलाई भेट्न पुग्छन् । माधुरीले सुलसुलेलाई आगामी दिनहरु सुम्पन स्वीकार गर्छिन् । माधुरीलाई पहिलेको संकीर्णतामा जकडिएको जीवनको अवस्थालाई देखेर घृणा लाग्छ । उनी सुलसुलेसंग संगै कपडा सिलाएको हेर्छिन् र पानी भर्न जान्छिन् । यहँ कथाकारले विधवाले त्यो पनि तल्लो जातकोसंग विवाह गरेको कथा प्रस्तुत गर्नु भएको छ । कथाकारको यो सामाजिक रुपान्तरणको प्रयास सराहनीय मान्नु पर्छ ।

"अल्झिएका आकृतिहरु" कथामा सनाले आफ्नो लोग्ने नरेशले अर्को विवाह गर्ने कुराले घरमा बस्न नसकी छाडेर जाने गुनासोको कथा छ । सनाले आफूबाट जन्मिएका छोरा छोरीलाई पाँच वर्षा लागि पाल्न लाने बताउँछिन् । सनालाई संझाउन नसक्ने बनेका छन् नरेश । लोग्ने स्वास्नी बीचको असमझदारीलाई देखाईएको छ कथामा । त्यसै गरी "अभिलाषा" कथामा एक नारीले दीपकलाई चाहेकी छन् । उनका अर्न्तर्मनका कुराहरु नै कथाको विषयवस्तु छन् । सरिताको माध्यमबाट दीपकलाई भनसुन गर्न लगाएकी हुन्छिन् । प्रेमपत्रहरुको पनि आदान प्रदान भएको हुन्छ । उनीहरु दुई मुटुहरुलाई एउटै बनाउने कुरामा आशावादी छन् । यही अभिलाषालाई कथामा देखाईएको छ । त्यस्तै "खेलका गोटी यिनका चाल"कथामा श्याममान र गुञ्जना रामनवमीको मेला हेर्न जान्छन् । मेलाका प्रसंगमा महिला अधिकारका बारेमा चर्चा हुन्छ । रुढीवादी हटाउन घरमा ज्ञानको दियालो बाल्नु पर्ने पुरानो र नयाँ मान्यताको ज्ञान गर्राई यसका गुण र दोष र्छलंग पारिदिनु पर्ने, नारीलाई सशक्त पार्नु पर्ने कुराबारे कथाभित्र उल्लेख छ । मेलामा गाउँलेले आफ्नै खाजा पीठो ल्याउने, मादल र डम्फूको तालमा गीत गाएर नाच्ने गर्छन् । खाना नपाएका लुरे कामी जस्ता पनि मेलामा आउँछन् । 

"अन्तरमन" कथामा प्रयास इन्ट्रेन्स परीक्षाका लागि बनारस विश्वविद्यालयमा प्रवेश गर्दा पुष्पाले देख्ने मौका पर्छ । उनको अभिनयबारे पुष्पाले सुष्मासंग चर्चा गर्दा प्रयासले सुन्छन् । पुष्पासंग विवाह हुन्छ । आमाले पुष्पाको विवाहको प्रसंग चलाएकी हुन्छिन् । पुष्पाले आमालाई आफ्नो भविष्यबारे आफै सोचेकी छु, त्यसबारे चिन्ता नलिनु भनी पत्र लेख्छिन् । पुष्पाका दुईवटा छोरा हुन्छन् । प्रयास माथि पुष्पाको शंका हुन्छ । प्रयासले दिनहुँ एउटा एउटा बहाना बनाउँछन् । प्रयासको स्वभावमा आएको परिवर्तनले धेरै तर्क उब्जन्छन् । साथी भाइसंग रस रंग गरेर सधैं यसो गर्नु कसरी पुग्न सक्छ भन्ने कुराले पुष्पा उत्तेजित हुन्छिन् । जमुनासंग प्रयासको अनुचित सम्बन्धबारे प्रश्न गर्छिन् । प्रयासलाई परिवर्तन गर्न असफल बन्छिन् । राति एक बजेसम्म प्रयास नआउँदा बर्बराउँछिन् । पुष्पाले प्रयासलाई नृसिंह उभिएको देख्छिन् । मलाई एसिड देउ मर्न चाहन्छु भन्छिन् । शरीरमा फोका उठेको हुन्छ । जटिल अवस्थामा अस्पतालमा पुर्‍याईन्छ । प्रयासले पुष्पाको छातमिा टाउको घोप्टाउँछन् । छोराहरु पनि मम्मी, मम्मी भन्दै कराउँछन् । अन्तत पुष्पाको मृत्यु अस्पतालमा नै हुन्छ । "पेशा" कथामा अंग्रेजी विषयका शिक्षक आफ्नो विषयमा कसले दाबी गर्छ भनी कड्कने गर्छन्, २५ वर्षसेवा पुगेको छ, आर्थिक अवस्थाले गर्दा १५ घण्टा जति टयूशन गर्नुपर्छ, सबैतिरबाट बिद्यार्थी ओइरिने गर्छन् । एक दिन निरीक्षकले विद्यार्थीहरुलाई अंग्रेजी विषयमा सरल प्रश्न सोद्धा पनि सही जवाफ दिन सक्दैनन्, स्पेलिङ पनि भन्न सक्दैनन् । आफ्नो कमजोरीलाई लुकाएर अध्यापकले यस सालको यो नै अन्तिम निरीक्षण भएकोले विद्यार्थी नर्वस भएको बताउँछन् । निरीक्षकले अंग्रेजीको स्तर कम पाइएको बताउँछन् । तर अध्यापकका मर्का बुझी दिए मात्र स्तर बढ्न सक्छ भन्ने आवाज फैलिंदै गरेको कथामा उल्लेख छ ।

"तीन लघु कथामा- गोडधुवामा पुतलीले दाइको विवाहमा रत्यौली खेल्न वरपर सबैलाई निम्ता गर्छिन्, रतौलीमा लाहुरे भएर नाच्छिन् । उता गोडधुवामा पुरानो गाग्री, ताउलो, नाममात्रको अम्खरा, बटुको भएकोले इज्जत राख्न बरु तलबबाट पर्ठाईदिनु भए हुन्छ भन्छन् । तर ससुरा बाजे विषम आर्थिक जटिलताको धारले शून्यतामा टोलाउँछन् । गोडधुवालाई सामाजिक मानप्रतिष्ठासंग दाँजेर हेर्ने परम्परालाई यहाँ प्रस्तुत गरिएको छ । लघुकथा मध्येको "धार" कथामा दिनकर बाजे पाठपूजा गर्छन्, छोराहरु जागीरमा छन् । चित्रराजले दिनकरबाजेलाई त्रि्रा छोरा त सेक्सन अफिसर, डाक्टर र इञ्जिनीयर छन् सन्तोष लिने बेला छ भन्छन् । दशैंमा सबै छोराहरु आउँछन् । बाबुले छोराहरुलाई भन्छन्- "लौ बाबुहो तिमीहरुका लागि जसरी दिनको भोक र रातको न्रि्रा नभनी अनेक दुःख कष्ट सहेर हात खुट्टा लाग्ने बनाईयो ... नसक्ने अवस्थामा पुगेका हामीहरु तिमीहरुकै शिरोपर" भन्दा जगत, सुशिल र प्रदीप छोराहरुले एकै स्वरमा भन्छन्- "कस्तो कुरा गर्नु हुन्छ बुबा हजूरले- जसरी हजूरले हाम्रो लागि बाटो देखाईदिनु भयो त्यसरीनै हामीहरुले हाम्रा छोराछोरीहरुको लागि गर्नु पर्छ, नकि हजूरका लागि ।" बूढा छाँगाबाट खसेजस्ता हुन्छन् । त्यस्तै "जवाफ" कथामा कमलकान्त हाकिमले सम्बन्धित विभागको पत्र हेरेर मातहतको कर्मचारीलाई जवाफ यसो यसो भनी लेखी पठाउनु पर्ला भनी अह्राउँछन्, दुईचोटिसम्म लेखेर ल्याउँदा मिलेन भन्छन् । उल्टै हप्काउँछन् । मित्र ख ले हाकिमकै शब्दमा यसो यसो मात्र लेखिदेउ भन्ने सल्लाह दिन्छन् । तेस्रो पटक यसो यसो यसो मात्र लेखी सुनाउँदा प्रसन्नता व्यक्त गर्छन् । 
३. कथाहरुबारे थप प्रतिक्रिया
प्रकारान्तमा भएका कथाहरु समाजका विभिन्न पक्षमा आधारित छन् । कथाकार बजारिया व्यक्ति भए पनि दुर्गम गाउँहरुको सामाजिक जनजीवन जस्ताको तस्तै उतार्नु भएको छ । पुरुष प्रधान समाजमा महिलालाई हुने थिचोमिचो, महिला स्वतन्त्रता र अधिकारसंग सम्बन्धित कुराहरु, छोरीलाई दिइने शिक्षा दीक्षा, वैवाहिक बन्दोबस्त आदि कुरा छन् भने स्वास्थ्य क्षेत्रमा भोग्नु परेका कठिनाईहरु ओखती मूलो र औषधि उपचारका व्यवस्थाहरु, झारफूक, सिमेभूमे, चुरेनी, वाई, बोक्सी जस्ता अन्धविश्वासमा रुमलिएको समाज आदि छन् भने, उचो र नीचो बनाइएका जातिहरुको बीचमा हुने सामाजिक भेदभावका साथै तल्लो जातिलाई माथि उठाउन सामाजिक रुपान्तरणका लागि कथाकारले परिवर्तनकारी पात्रहरु उभ्याउनु भएको छ । केटा र केटीको बीचमा हुने आकर्षा, प्रणय वासना, यौन मनोविज्ञानका अन्तवर्स्र्तुहरु पनि कथामा पाइन्छन् भने आर्थिक विपन्नताले मानिसको सामाजिक अवस्थामा के कस्तो प्रभाव पारेको हुन्छ सो कुरा पनि कथामा पाईन्छन् । समाजमा आर्थिक कारणले गर्दा शिक्षा र स्वास्थ्य सेवाका अवसरहरुबाट बञ्चित हुनु परेका कुराहरु पनि कथामा प्रस्तुत गरिएको छ । कथाहरु दलित, गरीब, अपांग,महिला, केटाकेटीका साथै विभिन्न जात जाति र वस्तीहरुका रहन सहन संग सम्बन्धित छन् । यौन कुण्ठा, सामाजिक, आर्थिक शोषण, उत्पीडन, यातना, मनोविकृति, जातपातबाट उत्पन्न समस्याहरु, समाजले हेर्ने दृष्टिकोण आदिका साथै कुनै कथाहरु बढी मनोवादमा रंगिएका पनि छन् । समाजमा हुने गरेका बालविवाह, अनमेल विवाह, अन्तर्जातीय विवाह, प्रेमविवाह, पारिवारिक व्यवस्थापनमा हुने विवाह, पैसाका लागि गरिएका विवाहहरु र करकाप तथा आफ्नोर् इच्छाअनुसार गरिएका विवाह र रीतिरिवाजहरुलाई पनि प्रस्तुत गरिएको छ । समाजमा व्याप्त रोग, भोक, अशिक्षा, कुरीति, रुढीवादीले ग्रसित पात्र र  परंपरालाई अंगालेका कथाहरु पनि छन् । कामको खोजीमा देश छोडेर मुलुक बाहिर जानु पर्ने, विदेशमा भोग्नु परेका कठिनाई र आफ्नो देशमा काम गर्ने इच्छा बोकी फर्किएका कथाहरु पनि छन् । कथाकारले आफ्नै देशमा काम गर्ने भावना जागृत गराउन त्यही अनुसार पात्रलाई डोर्‍याउनु भएको छ । समाजमा हुने थिचो मिचो जालझेल, फटर्याईंका कथासंगै अति भएपछि व्यक्ति प्रतिकारमा उत्रन बाध्य हुने रहेछ भन्ने कुरा पनि कथामा पाईन्छ । नेपाली चेलीहरु विशेषगरी भारतको बर्म्बई, कलकत्ता जस्ता शहरहरुमा बेचिने गरेका कुराहरुलाई पनि कथाकारले आफ्ना कथाहरुमा प्रस्तुत गर्नुभएको छ । कथाकारले कथामा उल्लेखित ठाउँहरु आफ्नै देश, अञ्चल, जिल्ला र गाउँहरुको उल्लेख गर्नुभएको छ र ती ठाउँहरु सामाजिक परिस्थितिहरुसंग मेल खाने कथाहरु भएकोले कथा पढ्नेलाई आफ्ना छर छिमेकमा भएका जीवन्त घटनाहरु हुन् कि भन्ने भान समेत पर्दछ । 
@@@@

Wednesday, October 22, 2014

२०७१ को भैली गीत

www.articleprem.blogspot.com
२०७१ को भैली गीत
भाइ हो भन ए भैली कैली साहुनीका घर
ठोक मादल डम्फू र मिलाउ बाँसुरी स्वर
गेट खोल्न कठिन माने सडकै छेउमा बस
भन ए भन हो भाइ भैली तिहारको रस
देशले भैली खेले नि संविधान ढीलो भयो
छाडेर धर्म संस्कृति संघीयता पिलो भयो
सांसदै भैलिनी जस्ता यस्तै रोटी चपाउँछन्
अनसन हैन यो भैली थोरै दिई धपाउँछन्
बैनी हो भन ए भैली लोडसेडिङ छँदै भन
महंगी सब उस्तै छ दिएका छन् कति - गन
लम्क ए लम्क लौ भाइ घर हाकिमको छ रे
कोशेली मस्त दिएर राम्रै त्यो पदमा परे
स्वरमा स्वर मिलाउ खल्तीमा हात हालदा
के जान्छ तिनको खै र कुकुर विदेशी पालदा
नाच ए भैलिनी नाच पोशाक जस्तो भए पनि
संस्कृति मान्नेले नाच ऋण काढी भए पनि
यता मैलो भयो साडी पानी जान्छ बगी कता
वनका सतुवा, चन्दन, भैलिनी भन छन् कता
देशका मान्छेको रोग, भोक र शोक मेटन
शताब्दी लक्ष्यका लागि योजना र अनेकन
देशले विश्वमा भैली खेल्नै पर्ने भयो अब
हाम्रो यो भैली देखेर नेता हो जागनु सब
भाइ हो भन ए भैली कैली साहुनीका घर
www.articleprem.blogspot.com
www.notaryprem.wordpress.com